ad ad

कारोबार


निर्माण व्यवसायी विकास परिषद्‌बाट भूकम्प प्रभावितलाई ३० लाख सहयोग

निर्माण व्यवसायी विकास परिषद्‌बाट भूकम्प प्रभावितलाई ३० लाख सहयोग

नेपालखबर
मंसिर १८, २०८० सोमबार १४:४२, काठमाडौँ

निर्माण व्यवसायी विकास परिषद्ले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पूर्ननिर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए।

‘राहत र पूर्ननिर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको छ’ सहसचिव विष्टले भने, ‘निर्णय भएको रकम प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा हुनेछ।’

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगतै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका हुन्। चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजिवन कष्टकर बन्दै गएपछि मन्त्री ज्वालाले राहत र पुर्नस्थापनामा जोड दिएका छन्। 

मन्त्री ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसकेका छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब दिने निर्णय भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .