ad ad

कारोबार


विमानस्थलको ‘ग्राउन्ड हेन्डलिङ’ वायु सेवा निगमबाट खोसिँदै, अब प्रतिस्पर्धाबाट हुने

विमानस्थलको ‘ग्राउन्ड हेन्डलिङ’ वायु सेवा निगमबाट खोसिँदै, अब प्रतिस्पर्धाबाट हुने

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १५:११, काठमाडौँ

सरकारले नेपाल वायु सेवा निगमलाई बिना प्रतिस्पर्धा दिँदै आएको त्रिभुवन विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवा खोस्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवा प्रतिस्पर्धाको आधारमा मात्रै दिने निर्णय गरेको हो। 

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित, भैरहवा र पोखरा विमानस्थलको समेत ग्राउन्ड हेन्डिलिङ गर्दै आएको छ। 

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५(२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फत् गराउने निर्णय भएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हालसम्म उक्त सेवा बिनाप्रतिस्पर्धा नेपाल वायु सेवा निगमले उपलब्ध गराउँदै आएको थियो।’

निगमको ठूलो आम्दानी हिस्सा ग्राउन्ड हेन्डलिङ रहँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .