ad ad

कारोबार


प्रधानमन्त्रीको भ्रमण टोलीमा को को छन्, उद्योगी व्यवसायी?

प्रधानमन्त्रीको भ्रमण टोलीमा को को छन्, उद्योगी व्यवसायी?

नेपालखबर
मंसिर १३, २०८० बुधबार १६:२०, काठमाडौँ

बिहीबारदेखि सुरु हुने संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलन (कोप–२८) मा प्रधानमन्त्री सहितको टोली आज युएई जाँदैछ।

उक्त टोलीमा उद्योगी व्यवसायीहरु समेत जाँदै छन्।

प्रधानमन्त्री प्रचण्डको भ्रमण दलमा रहेका उद्योगी व्यवसायीको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललले गर्दै छन्।

उनका अलवा भ्रमण टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, कार्यकारीणी सदस्यहरू मनोज पौडेल, रामशरण थपलिया, शैलेन्द्र गुरागाई, जुना माथेमा अमरेशचन्द्र बैदर, प्रकाश कार्की, उज्ज्वल प्रसाद कसजु, महासंघ सचिवालय प्रमुख गोकर्ण अवस्थी रहेका छन्।

त्यस्तै डिजिटल हाउस नेपालका सीईओ सुवाश पाण्डे, बाबुल निर्माण सेवाका एमडी अहमत खान रहेका छन्।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बरको संयुक्त कार्यक्रमलाई सम्बोधन समेत गर्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .