कारोबार


न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग होटल, क्यासिनोका मजदुरहरूको माग

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग होटल, क्यासिनोका मजदुरहरूको माग

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर १३, २०८० बुधबार १६:९, काठमाडौँ

होटल, क्यासिनो तथा रेष्टुरेन्टका मजदुरहरूले आफूहरूको न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले आफूहरुलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरुको भनाई छ।

बुधवार नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लक्ष्मण तिवारीले आफूहरुलाई सरकारको तोकेको न्यूनतम मासिक पारिश्रमिक अब पनि कार्यान्वयनमा नआएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

उनले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सेवा गरेबापत उपलब्ध हुँदै आएको १० प्रतिशत शुल्क कटौति गरिएकोमा आपत्ति जनाउँदै त्यसलाई खारेज गर्न पनि सरकारलाई दबाब दिए।

अध्यक्ष तिवारीले भने, ‘लाखौंको संख्या यस क्षेत्रमा कार्यरत मजदुरहरु यो सुविधाबाट वञ्चित हुनुभएको छ। सामाजिक सुरक्षा योजनामा नगई सुखै छैन। नेपालको कानुन मान्नु पर्छ हआमी मान्छौं। तर, देशभर आन्दोलन शुरु गर्नेछौं । तर, न्युनतम वेतन कार्यान्वयन गर्नैपर्छ। हाम्रो मूल एजेण्डा यही नै रहनेछ।’

एमाले निकट मजदुर संगठन जिफन्टमा आवद्ध सो युनियनले योजदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै मजदुरहरुलाई सूचिकृत गराउने काममा पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ।

युनियनका अध्यक्ष तिवारीले सरकारले आफूहरुलाई तोकिदिएको न्युनतम मासिक पारिश्रमिक १७ हजार ३ सय कार्यान्वयन गरेर मात्रै सामाजिक सुरक्षा योजनामा आवद्ध हुन सकिने पनि स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad