ad ad

कारोबार


टिकटक बन्द नगरे ५५ इन्टरनेट कम्पनी बन्द गराउने चेतावनी

टिकटक बन्द नगरे ५५ इन्टरनेट कम्पनी बन्द गराउने चेतावनी

नेपालखबर
मंसिर १२, २०८० मंगलबार २०:५४, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट कम्पनीलाई टिकटक बन्द नगर्नुको कारण माग गरेको छ। सरकारको निर्णयअुनसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लखे गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ। 

साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ। 

‘संलग्न सूचीमा उल्लेखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट २४ घण्टाभित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजीलगायतको कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ प्राधिकरणले भनेको छ।

सरकारले गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गराउने निर्णय गरेको थियो। 

सोही बमोजिम उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको प्राधिकरणले बताएको छ। 

अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूबाट हालसम्म पनि प्राधिकरणको निर्देशन कार्यान्वयन भए-नभएको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त नभएको जनाउँदै प्राधिकरणले ताकेता गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .