ad ad

कारोबार


मोबाइल एआईको नयाँ युगको सुरुवात गर्दै ग्यालेक्सी!

मोबाइल एआईको नयाँ युगको सुरुवात गर्दै ग्यालेक्सी!

नेपालखबर
मंसिर ११, २०८० सोमबार १३:५४, काठमाडौँ

इन्टरनेट तपाईंको औंलामा, क्यामरा तपाईंको खल्तीमा, र अब आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) ले सुधार्दै गरेको तपाईंको दैनिक जीवन।

सामसङ ग्यालेक्सीले इन्टरनेटको पहुँचलाई सहज गरी क्यामरालाई सञ्चारको माध्यम बनाइदिएको छ जुन बिना हामी बाँच्नै नसक्ने भइसकेका छौैं। अहिले सबैको आँखा एआईमा केन्द्रित भएपनि यसको केही खास विशेषताहरू अझैसम्म मोबाइल प्रविधिमा आइसकेका छैनन्। कम्पनीका अनुसार ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा छ।

‘सबैलाई सबै ठाऊँमा, सशक्त बनाउने गरी निर्माण गरिएको ग्यालेक्सी ए आई तपाईंको फोनको एक विश्वव्यापी इन्टेलिजेन्स हो, जुन यसभन्दाअघि तपाईंले कहिल्यै देख्नु भएको छैन। ती सबै ठाऊँहरुमा जहाँ यसको बढी महत्व छ– अवरोधरहित सञ्चारदेखि, सहज उत्पादकत्वसम्म, असीमित सिर्जनशीलतासम्म– हामी नयाँ सम्भावनाहरु उघार्दैछौं’ कम्पनीले भनेको छ।

कम्पनीका अनुसार ग्यालेक्सी ए आई मा दुई किसिमका ए आई प्रविधि समावेश छ।

‘सामसङद्वारा विकास गरिएको डिभाइस ए आई र अरु समान विचारधाराका औद्योगिक अग्रणीहरूका साथ हाम्रो खुल्ला सहकार्यहरुबाट सक्षम गरिएका क्लाउडमा आधारित ए आई, दुवैद्वारा सञ्चालन हुने एक वृहत् मोबाइल ए आई अनुभव हो’ कम्पनीले भनेको छ, ‘यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा तपाईंले पाउनु हुने विश्वसनीयताका साथ तपाईंको हरेक दिनको मोबाइलसँगको अनुभवलाई परिवर्तन गरिदिनेछ।’

ग्यालेक्सी एआईका फाइदाबारे यसको एउटा मुख्य विशेषता ‘फोन कल’लाई उदाहरणको रुपमा लिन सकिन्छ। एआई लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरुलाई जति बेला आवश्यक पर्यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ। किनभने यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झँझट रहँदैन। अडियो र टेक्स्ट तपाईंले बोल्नु र लेख्नु भएकै समयमा नै अरु भाषामा अनुवाद भएर आउने छ।  यो ग्यालेक्सी ए आइ डिभाइसमा नै भएको हुँदा, यसले तपाइको गोप्य वार्तालापहरु तपाईंको फोनमा नै सिमित रहनेछ।

‘आउँदो वर्षको शुरुमा ग्यालेक्सी ए आइले हामीलाई एउटा त्यस्तो संसारमा ल्याउनेछ जहाँ सामाजिक सञ्चारका अवरोधहरु तोडिनेछन्, र सञ्चार पहिले भन्दा अझै सहज र अझ बढी रचनात्मक हुनेछ।

यसरी एआइले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याउनेछ’ कम्पनीको विश्वास छ।

‘मोबाइल प्रविधिसँग विश्वभरका मानिसहरुका लागि सञ्चार, सिर्जनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ, तर आजसम्म, हामीले मोबाइल ए आईलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौं’ ईभीपी र अनुसन्धान तथा विकास प्रमुख, वाङजुङ चोइले भने, ‘ग्यालेक्सी ए आइ हाम्रो आजसम्म कैे सबैभन्दा वृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ।’

यो ग्यालेक्सी ए आइ को एउटा सानो झलक मात्र हो। अब मोबाइल ए आईको नयाँ युगको सुरुवातको  लागि तयार रहनुहोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .