ad ad

कारोबार


भूकम्प पीडितका लागि नेपाल बैंकद्वारा ५० लाख आर्थिक सहयोग

भूकम्प पीडितका लागि नेपाल बैंकद्वारा ५० लाख आर्थिक सहयोग

नेपालखबर
मंसिर ११, २०८० सोमबार १४:१५, काठमाडौँ

नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रू.५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको छ।

गत कार्तिक १७ गते मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले सो सहयोग हस्तान्तरण गरेको हो।

नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रू.५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष हस्तान्तरण गरे।

नेपाल बैंक लिमिटेडबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्री दाहालले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .