ad ad

कारोबार


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १६:२, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई ‘आउटस्ट्यान्डिङ पर्फर्मेन्स इन दी लाइफ इन्डस्ट्रि अफ नेपाल’ बाट सम्मानित भएको छ। 

भारतको मुम्बइस्थित होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ समारोहमा सो सम्मान गरिएको हो।

बिहीबार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो। 

कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको बताइएको छ।

उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्रहण गरे। 

चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ PWC भारतको सहकार्यमा गरिएको बताइएको छ।

संसारमै लब्धप्रतिष्ठीत परामर्शदाता PWC ले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरूको कार्यसम्पादन गर्ने प्रक्रियालाई समिक्षा गर्दै सम्मान गरिएको हो।

कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई Outstanding Performance in the Life Insurance Industry of Nepal बाट सम्मानित गरिएको हो। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनी महानुभावहरू तथा नेपाल लाइफसँग आवद्ध समस्त सेवाग्राहीहरुलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरेका छन्। 

यसरी नै सामूुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .