ad ad

कारोबार


गाईघाटमा पनि खुल्यो सिप्रदीको ग्यारेज

गाईघाटमा पनि खुल्यो सिप्रदीको ग्यारेज

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १५:५३, काठमाडौँ

टाटा मोटर्सको आधिकारिक डिस्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेजलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।

टाटा मोटर्स कस्टुमर केयर कमर्सियल भेहीकल डिभिजनका सार्क रिजन हेड राजिव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एक विशेष समारोहबबीच उक्त वर्कशपको उद्घाटन भएको हो। 

सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरूलाई सहज तथा आफ्नो स्थान पाएका सेवा तथा सुविधाहरू प्रदान गर्ने उदेश्य अनुरुप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको कम्पनीले जनाएको छ। 

अहिले नेपालभरी १५ वाट सर्टिफाइड ग्यारेजलाई मान्यता प्रदान गरी ग्राहकहरूलाई सहजरुपमा सेवा तथा सुविधाहरू प्रदान गरिरहेको कम्पनीले बताएको छ। 

नेपालभरी सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरू छन्।

उक्त अवसरमा सार्क रिजन हेड शर्माले टाटा गाडी बिक्री गर्नुमात्र आफ्नो उदेश्य नभई ब्रिकीपछिको सेवा सुविधामा पनि गा्रहको आवश्यक्ता पहिचान गरेर त्यसलाई पूरा गर्ने कुरामा जोड दिइएको बताए। 

ससाथै, ग्राहकको आवश्यक्तालाई ध्यानमा राखि विभिन्न स्थानमा सर्भिस सञ्जालको विस्तार गर्ने र दक्ष तथा अनुभवी जनशक्तिको विकास गरी सहज तथा सुलभ सेवाहरू प्रदान गर्दै जाने विश्वास व्यक्त गरे।

त्यसैगरी त्रियुगा नगरपालिकाका उपप्रमुख राईले यस्ता व्यवसायहरुको स्थानिय स्तरमा निकै महत्त्वपूर्ण भूमिका रहेको बताइन्। स्थानी युवाहरूलाई देशर्म स्वरोजगार बनाइ राष्ट्र निर्माणको 

सोही अवसरमा लक्ष्मी इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर लक्ष्मी नारायण श्रेष्ठले टाटा मोटर्सको सम्पूर्ण सिस्टमहरूलाई अवलम्बन गर्दे ग्राहकहरूलाई उच्चकोटीको सेवा तथा सुविधाहरू प्रदान गर्नमा प्रतिवद्घ रहेको जानकारी प्रदान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .