कारोबार


सरकारले सेडानको विद्युतीय ट्याक्सीमात्रै चलाउन सहमति दिने नीति गलत छ : कुलमान घिसिङ

सरकारले सेडानको विद्युतीय ट्याक्सीमात्रै चलाउन सहमति दिने नीति गलत छ : कुलमान घिसिङ

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार २०:५, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्राण्डका विद्युतीय सवारी सावरी साधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताए। 

उनले नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आएपनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताउँदै उनले नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको बताए। 

‘अहिले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चल्ने गरी सहमति दिने नीति लिएको छ। त्यो गलत छ। जति पनि ट्याक्सी आउँछ त्यो सबैलाई सहमति दिनुपर्छ। नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भन्नुहुन्छ त्यो सबैलाई सहमति दिनुपर्छ। एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत सबै माथि जान्छ,’ घिसिङले भने, ‘विद्युतीय सवारी साधनहरुलाई पनि सडक अनुमति पत्र खुला गरौं। जुन सुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिऔं। पेट्रोलबाट चल्ने ट्याक्सी प्रतिस्थापनको लागि केही सहुलियत दिनुपर्छ।’

उनले एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबै माथि रहने बताए। विद्युतीय सवारी साधनहरुलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताउँदै घिसिङले सरकारले जुनसुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिने र  पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको बताए।

निर्देशक घिसिङले नेपालमा १०० वटा सवारी साधन भित्रँदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भित्रन थालेको बताए।

‘दशैँमा एकै दन प्राधिकरणले बनाएका चार्जिङ स्टेशनहरूमा २ हजार विद्युतीय सवारी साधनहरूले जाँच गरे। देशभरमा सबै चाजिङ स्टेशन सवारी साधनहरू भरीभराउ छन्।  नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनहरूको इन्ट्री भएको छ। नेपालमा १०० वटा सवारी साधन भित्रदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भित्रने गरेको छ,’ उनले भने, ‘अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएका छन्। अहिले हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस चलेको छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो हुन्छ। अब बुझ्नेहरू कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन किन्दैन।’

अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएको जानकारी गराउँदै उनले पछिल्लो समय हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो रहेको उल्लेख गरे। 

अब बुझ्नेहरु मानिसहरु कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन नकिन्ने उनले बताए। 

विद्युतीय सवारी साधन मात्रै सञ्चालन गर्न सके ६ खर्बको आयातलाई २० अर्बको विद्युत खपत गर्दा  पूर्ण रुपमा आयात प्रतिस्थापन हुने बताए। 

उनले  ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शुन्यमा झार्न सकिने बताउनु भयो । उहाँले व्यापार घाटामा नेपाल पोजेटिभतिर जाने पनि बताए। 

‘विद्युतीय सवारी साधन नै हो ६ खर्बको आयातलाई २० अर्बको विद्युत खपत ग¥यो भने पूर्णरुपमा आयात प्रतिस्थापन हुन्छ। ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्य हुन्छ। व्यापार घाटामा नेपाल पोजेटिभतिर जान्छ। ठूलो ट्रान्सफरमेशन विद्युतबाट हुन्छ। ईड्राइभ नेपालले गरेको काम ठूलो हो,’ घिसिङले भने।

उनले विगतमा केही वर्षअघि विद्युत खपत कम गर्ने योजना बनाउनुपर्ने अवस्था रहेपनि अहिले नेपालमा उत्पादित भएको विद्युत लिइदिनुप¥यो भनेर भारत र बंलादेशसँग आग्रह गर्नुपर्ने अवस्थामा रहेको बताए। 

उनले विद्युतको क्षेत्रमा विगतको भन्दा विपरित उल्टो अवस्थामा रहेको बताउँदै उनले विद्युतीय सवारी साधनलाई सबैले प्रोत्साहन गर्न आवश्यक रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad