कारोबार


एफवान सफ्ट ग्रुपबाट भूकम्प पीडितलाई ३० लाख सहयोग

एफवान सफ्ट ग्रुपबाट भूकम्प पीडितलाई ३० लाख सहयोग

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १६:१, काठमाडौँ

एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ।

ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार रू ३० लाख जम्मा गरेको हो। कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेसनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन्।

केहिदिन अघि गएको भूकम्पमा परि जाजरकोट र रूकुम पश्चिमम ठूलो जनधनको क्षति भएको छ। उक्त क्षतिमा आफूहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .