विश्वकै नं. १ जापानी रबर कम्पनिद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटिसि प्रा. लि ले ज्ञानेश्वरमा ब्रिजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ।
त्यहाँ एकै छाना मुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन्। डिजिटल टायर हेल्थ परीक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिफ्ट, व्हील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ्ग तथा रोटेशन जस्ता सेवा सुविधाहरु यस केन्द्रमा उपलब्ध छन्। केन्द्रले आउँदा दिनहरुमा गाडिको ब्याट्री परिवर्तन, एसीमा ग्यास भर्ने सेवाहरु प्नि दिनेछ। कम्पनिले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका विक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने जनाएको छ।
एटिसि प्रा लि वि.सं. २०१६ देखि नै ब्रिजस्टोन टायरको नेपालको लागि आधिकारीक वितरकको रुपमा रही निरन्तर ग्राहक मूखी सेवा दिंदै आएको कम्पनि हो। नेपालभर रहेका आफ्नो बिक्री वितरण सञ्जाल मार्पmत अर्थमुभर्स, ट्रक तथा बस, एसयुभी र अन्य यात्रु कार हरुको टायर बिक्री गर्दै नेपाली बजारमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ।
ब्रिजेस्टोन सन् १९३१ मा जापानको टोकियोमा यसको कर्पोरेट कार्यालयको साथ स्थापित भएको थियो। यो ब्रान्ड टायर बिक्री र ग्राहक ब्रान्ड भ्यालु आधारमा वर्ल्ड रबरद्वारा विश्वमा नम्बर १ घोषणा गरिएको ब्रान्ड हो। कम्पनीले विश्वभर १५० भन्दा बढी देशहरुमा ५७ टायर निर्माण संयन्त्रद्वारा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदान गर्दै आइरहेको छ।
कम्पनिले आयोजना गरेको भेटघाट कार्यक्रममा अध्यक्ष विनोद सेठियाले नेपालको सडकहरुको अवस्थालाई ध्यानमा राख्दै, गाडी चालकहरुले गाडीको समग्र पर्पmमेन्समा टायरको भुमिका र महत्वको धरै हुने कुरा बुभ्mन आवश्यक रहेको बताए। नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको टायर बिक्री तथा सेवाहरु एकै छाना मुनि उपलब्ध भएको सेवा केन्द्रबाट गाडी धनि तथा चालकहरुले सेवा सुविभा लिई समय र पैसाको बचत गरी लाभ उठाउन सम्पुर्ण उपभोत्ताहरुकमा अनु्रोध गरेका छन्।

प्रतिक्रिया