कारोबार


अग्नी फाउन्डेसनद्वारा शिक्षण अस्पतालमा नयाँ बाल तथा नवजात शिशु सघन कक्ष

अग्नी फाउन्डेसनद्वारा शिक्षण अस्पतालमा नयाँ बाल तथा नवजात शिशु सघन कक्ष

नेपालखबर
माघ १६, २०७६ बिहिबार १४:३२,

नेपालका लागि महिन्द्रा सवारी साधनहरूका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको गैर मुनाफाकारी संगठन अग्नि फाउन्डेसनले विभिन्न सामाजिक कल्याणकारी गतिविधिहरूद्वारा समाजलाई योगदान पु-याउँदै आएको छ। अग्नि फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद, प्राकृतिक प्रकोपको उद्धार व्यवस्थापनलयातका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ र यस्ता कार्यहरूमा सरकारी संस्थाहरूसँग पनि सहकार्य गर्दै आइरहेको छ।

हालैमात्र अग्नि फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण/सुधारका लागि पुर्ण आर्थिक तथा अन्य सहयोग प्रदान गरेको छ।

त्रिवि शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण÷सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक श्रीमती सुुसन वैद्य श्रेष्ठले १६ माघ २०७६ का दिन पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उदघाटन गरे।

उद्घाटनका क्रममा अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक श्रीमती सुुसन वैद्य श्रेष्ठले भनिन्, ‘एनआर्ईसीयूले समय नै नपुगी जन्मिएका तथा जन्मिँदा निकै कम तौल भएका वा विशेष हेरचाह गरिनु पर्ने स्वास्थ्य अवस्था भएका नवजात शिशुका लागि महत्वपूर्ण भूमिका खेल्दछ।

पिआईसीयुमा केहि दिन भन्दा बढी रहेका शिसुकै वरिपरि सबै पल सँगै रहनु भनेको शारीरिक तथा मानसिक रूपमा तनाव हुने हुँदा पिआईसीयूको सकारात्मक वातावरणसहितका सुविधाहरू, उचित हेरचाह र औषधोपचारले आमाबुवालाई अझ राम्रोसँग बालबालिकाको हेरचाह गरेर सम्पूर्ण परिवार सँगै घर फर्कने योजनामा सक्षम तुल्याउँदै परिवारको तनाव कम गर्न मद्दत गर्न सक्छ। हामी सदैव बालबालिकाकौ स्वास्थ्य र पारिवारिक मूल्यमान्यताहरूप्रति चिन्तित छौं।

त्यसैले यस असल कार्यका लागि शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा खुसी छौं। आशा छ, अग्नि फाउन्डेसनको सानो पहलले एनआईसीयू र पिआईसियु बाट तुरुन्त र प्रभावकारी ढंगबाट लाभ प्राप्त गरी आवश्यकता परेका अभिभावक र बालबालिकाहरूलाई सहजीकरण र सुविधा प्रदान गर्नेछ।’

त्रिवि शिक्षण अस्पतालको बाल चिकित्सा विभागका प्रमुख प्रा. डा. लक्ष्मण श्रेष्ठ भन्छन्, ‘नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) बिमारी तथा समय नपुगी जन्मिएका शिशुहरूको उपचारका लागि स्थापित विशेष इकाई हो भने बाल सघन उपचार कक्ष (पीआईसीयू) गम्भीर रुपमा बिमारी भइ अस्पतालमा भर्ना भएका शिशु, बालबालिका र किशोरकिशोरीको विशेष हेरचाहका लागि स्थापित क्षेत्र हो।

शिक्षण अस्पतालको नवस्थापित एनआईसीयू र पीआईसीयूले गहन हेरचाह आवश्यकता पर्ने शिशुहरूलाई उचित किसिमको एनआईसीयू सुविधा उपलब्ध गराउनेछ तथा आमाबुवा (विशेष गरी आमाहरू)लाई अझ बढी सहयोग गर्नेछ। हामीसँग योग्य कर्मचारी तथा उपकरणहरू छन्, जसले बच्चा र अभिभावक दुवैलाई सहयोग गर्छन् र उनिहरुको एनआईसियु र पीआईसीयूको बसाइ अवधिमा आवश्यक पर्ने बच्चाहरूको गहन निगरानी, औषधोपचार तथा नर्सिङ हेरचाहका लागि सुनिश्चितता प्रदान गर्छ।’

शिक्षण अस्पतालको बाल तथा नवजात शिशु सघन उपचार कक्षहरूको पुनर्निर्माण/सुधार गर्ने क्रममा अग्नि फाउन्डेसनले ‘अग्नि विंग’ को नाममा अस्पतालमा भर्ना भएका बालबालिकाको अभिभावक र आगन्तुकहरुका लागी प्रतिक्षा कक्ष निर्माण गरेको छ। फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाका आमाबुवाहरूको पारिवारिक हेरचाहका लागि, विशेष गरी आमाहरूलाई अनुमति दिने गरी र हेरचाहकर्ताहरू जो बालबालिकासँगै रात बिताउनु पर्छ, उनीहरूका लागि ‘स्तनपान कक्ष’ र ‘आराम कक्ष’ बनाउनमा पनि केन्द्रीत रहेको छ।

फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकाहरूलाई आफ्नो उपचार र हेरचाहमा सहभागी हुने अधिकार हुने र उनीहरूका छेउमा आमाबुवा साथै रहनु आवश्यक पर्ने कुरामा विश्वास राख्दछ। अस्पतालमा आमाबुवाको निद्रा पूरा हुँदा र आरामले पूरै परिवारका लागि अस्पतालमा भर्ना हुँदाका सकारात्मक अनुभव प्राप्त गर्न सकिन्छ।

गम्भीर रुपमा बिमारी बच्चाको हेरचाह सदैव तनावपूर्ण र कठिन हुन्छ । शिक्षण अस्पतालको बाल चिकित्सा विभागमा एनआईसीयू र पीआईसीयूको उद्घाटनले अभिभावकहरूमा नयाँ आशा बढेकोे छ। आशा छ यी इकाईहरूले बिमारी बालबालिकाहरूलाई भावनात्मक सहयोग, माया र पारिवारिक आवाज वा स्पर्शसहितका भौतिक आवश्यकता पूरा गर्दै उच्च स्तरको स्वास्थ्य सेवा प्रदान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad