टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला यस वर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ। गत सोमबार पोखरा स्थित होटल बाराहीमा सञ्चालन गरिएको उक्त बैठकमा यूटीएसकी प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्री एस डिलरहरुले सहभागिता जनाएका थिए।
उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो।
ग्राहक वर्गमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ। अधिराज्यभर फैलिएको बिक्री वितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको आँखामा विश्वाशिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविश्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको छ।

प्रतिक्रिया