सेयरबजार ११.२२ अंकले बढेको छ। बजार ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेको हो।
आज बजार बढेसँगै कारोबार रकममा समेत बढोत्तरी देखिएको छ। आज बजारमा ९९ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ८९ करोडको कारोबार भएको थियो।
कारोबारमा आएकामध्य १४४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८३ कम्पनीको घटेको छ। साथै १२ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ। माछापुच्छ्रे बैंकको सर्वाधिक ६ करोड ३८ लाखको कारोबार भएको छ।
21
Shares
प्रतिक्रिया