ad ad

बागमती


बागमती प्रदेशको ७० र भरतपुरको ३० प्रतिशत लगानीमा गौतमबुद्ध रंगशाला बनाइने

बागमती प्रदेशको ७० र भरतपुरको ३० प्रतिशत लगानीमा गौतमबुद्ध रंगशाला बनाइने

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १५:१६, हेटौंडा

चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो। 

बागमती प्रदेश सरकारको ७० प्रतिशत तथा भरतपुर महानगरपालिकाको ३० प्रतिशशत लगानीमा रंगशाला निर्माण गर्ने सहमति भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

मंगलबार बागमती प्रदेश सरकार भरतपुर महानगरपालिकाले उक्त रंगशालालाई निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी स्वरुप बसेको बैठकले सहमतिमा हस्ताक्षर गरेका हुन्।

प्रदेश सरकारले चालु आर्थिक बर्षमा उक्त रंगशाला निर्माणको लागि ५ करोड रुपैंया बजेट छुट्याएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले जानकारी दिए।

यस अघि रंगशाला निर्माणका लागि ५७ करोड रुपैंया बरावरको काम सम्पन्न भइसकेको छ। 

उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ।

उक्त बैठकको निर्णय अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने बताइएको छ। 

महानगरपालिकाले तयार पारेको लागत प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .