ad ad

कारोबार


बढ्दै छ घरजग्गा कारोबार : पुसमा रियल स्टेट एक्स्पो गरिने

बढ्दै छ घरजग्गा कारोबार : पुसमा रियल स्टेट एक्स्पो गरिने

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १०:५१, काठमाडौँ

आठौं रियल स्टेट एक्स्पो  पौस १२ देखि १५ गते सम्म हुने भएको छ। 

काठमाडौंको भृकुटीमण्डपमा नेपाल जग्गा तथा अमवस विकास संघले रियल स्टेट एक्स्पो गर्न लागेको हो । 

२०७७ मा कोभिड महामारीको कारण एक्स्पो हुन सकेन। २०७८ र २०७९ मा मन्दीको कारण गर्न नसकिएको बताएका छन्। 

घरजग्गा कारोबार बढ्न थालेसँगै एक्स्पो गर्न लागिएको संघले जनाएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्द्धक रहेको छ। ललितपुर र भक्तपुर जग्गा तथा आवास संघ सह आयोजक छन्। 

संघका अध्यक्ष विदुर धमलाले एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी, विद्युतीय सामाग्री, फर्निचर, सिरेमिक, घर जग्गा एजेन्ट, निर्माण सामाग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण लगायतका स्टल रहने बताए। 

'अहिले घरजग्गा कारोबार चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको छ,'  धमलाले भने, 'एक्स्पोले अर्थतन्त्रलाई नै बुम बनाउन सहयोग पुग्छ।'

संघले जग्गा तथा भवन विकासकर्ता, खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता,इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलिकरण तथा पुनःनिर्माणसम्बन्धी डिजाइनरहरूको साझा मञ्च हुने बताएको छ। 

पूर्वअध्यक्ष मीनराज श्रेष्ठले पुरानो प्रोडक्ट नभएकाले एक्स्पोमा नयाँ प्रोडक्ट ल्याउने बताए। व्यवसायी र खरिदकर्तामा कन्फिडेन्स गर्न एक्स्पोले सहयोग पुर्‍याउने बताए। 

व्यवसायी  दीपकराज मलहोत्राले रियल स्टेट चलायमान नहुँदा कुनै पनि उद्योग चल्न सक्ने अवस्था नरहेको छ। घरजग्गा मन्दी आउँदा मूल्य घट्ने आशाले किनबेच कम भएको बताउँदै अब मुल्य घट्ने अवस्था नरहेको बताए। 

जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहोनीले काठमाडौं बाहिर अनौपचारिक कारोबार हुने भएकाले एक्स्पोमा सहज नभएको बताए। दाहालले काठमाडौंसंगै बिस्तारै बाहिर एक्स्पो गर्दै जाने बताए। 

आयोजकले  एक लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरेको छ। सातैं एक्स्पोमा करिब २ अर्व ६५ कारोबार  भएको थियो।

आठौं एक्स्पोमा कति कारोबार हुन्छ भन्ने अवस्था  नरहेको अध्यक्ष धमलाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .