ad ad

कारोबार


विश्व बैंकले जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्न स्रोत परिचालन गर्ने

विश्व बैंकले जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्न स्रोत परिचालन गर्ने

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १९:४२, काठमाडौँ

विश्व बैंकले जाजरकोट भूकम्पबाट प्रभावित भएका जनतालाई तत्काल सहयोग गर्न उपलब्ध कोषबाट स्रोत परिचालन गर्ने भएको छ।

नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताएका हुन्।

दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरसँगै चारदिने भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेपालको दिगो एवम् समावेशी विकासका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यहाँस्थित विश्व बैंकको कार्यालयका अनुसार प्रबन्ध निर्देशक जेर्डीले अर्थमन्त्री प्रकाशशरण महतलगायत नेपाल सरकारका उच्चअधिकारी, नेपालको विकासका साझेदार, नागरिक समाज, विद्वत वर्गलाई बेग्लाबेग्लै भेटेर नेपालको दिगो एवम् समावेशी विकासका निम्ति बैंकले सघाउने र सम्बद्ध निकायबाट पनि त्यस प्रयासमा साझेदारी हुने विश्वास व्यक्त गरेका थिए। 

उनले महिला तथा युवा वर्गलाई सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर एवम् उद्यमी बनाउने कार्यक्रम आवश्यक भएकामा जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .