ad ad

ग्लोबल


गाजा पट्टीमा फसेका ११ श्रीलंकाली स्वदेश फर्किए

गाजा पट्टीमा फसेका ११ श्रीलंकाली स्वदेश फर्किए

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १९:४४, काठमाडौँ

गाजा पट्टीमा फसेका दुई वयस्क र नौ बालबालिकासहित दुई परिवारका ११ जना श्रीलङ्काली नागरिक आइतबार सकुशल श्रीलङ्का आइपुगेका छन्।
 
कन्सुलर सेवा विभागले कायरो, रामल्लाह र तेल अभिवमा रहेको श्रीलङ्काका नियोगसँगको सहकार्यमा उक्त व्यवस्थाको समन्वय गरेको मन्त्रालयले जनाएको छ।

गाजा पट्टीबाट ११ जना श्रीलङ्कालीलाई राफा बोर्डर क्रसिङ हुँदै इजिप्ट प्रवेश गर्न काएरोस्थित श्रीलङ्काली दूतावासले नोभेम्बर २ मा इजिप्टका अधिकारीहरूसँगको समन्वयमा सहजीकरण गरेको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फर्कने नागरिकका लागि रसद र हवाई यातायातको व्यवस्था गर्न सहजीकरण गरेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .