ad ad

कारोबार


धानको बोराले छोपेर काठमाडौं ल्याउँदै गरेको ९२ बोरा चिनी काभ्रेबाट बरामद

धानको बोराले छोपेर काठमाडौं ल्याउँदै गरेको ९२ बोरा चिनी काभ्रेबाट बरामद

तस्बिर : जिल्ला प्रहरी कार्यालय काभ्रे


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ८:४, काठमाडौँ

राजस्व छलेर व्यापारीले काठमाडौं ल्याउँदै गरेको ९२ बोरा चिनी प्रहरीले काभ्रेबाट बरामद गरेको छ। 

बिहीबार साँझ इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले बनेपा ७ स्थितमा अरनिको राजमार्गबाट ना.६ ख ६२१९ नम्बरको ट्रकसहित ९२ बोरा अवैध चिनी बरामद गरेको हो। 

धुलिखेल नगरपालिका २ का ३७ वर्षीय राजु तिमल्सिनाले चलाएर ल्याउँदै गरेको ट्रकमा अवैध चिनी फेला परेपछि बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

शंका लागेर ट्रक रोकेर चेकजाँच गर्दा ट्रक भित्र धानको बोराले छोपेर लुकाई छिपाई ल्याउँदै गरेको ५० किलो दरको ९२ बोरा चिनी फेला परेपछि बरामद गरिएको डीएसपी श्रेष्ठले बताए।

चिनीसँगै प्रहरीले उक्त ट्रकबाट २८ बोरा धान पनि बरामद गरेको छ। 

‘चिनीको मूल्य अन्दाजी ६ लाख र धानको मूल्य ४२ हजार रुपैयाँ मूल्यांकन गरी राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएका छौँ,’ डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘ट्रक चालक राजु तिमल्सिनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको छ।’

बाहिरबाट धानको बोराले छोपेर ल्याएको चिनीको कुनैपनि कागजात फेला नपरेपछि बरामद गरिएको श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .