ad ad

कारोबार


इसेवाद्वारा स्पिकर सहितको क्यूआर सञ्चालनमा

इसेवाद्वारा स्पिकर सहितको क्यूआर सञ्चालनमा

नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:२७, काठमाडौँ

इसेवाले स्पिकर सहितको क्यूआर सञ्चालनमा ल्याएको छ। इसेवाले बुधबारबाट भुक्तानी गर्दा आवाजबाट जानकारी दिनका लागि स्पिकर सञ्चालनमा ल्याएको हो।

क्यूआर मार्फत भएको कारोबार पूरा भए नभएको म्यासेज कुर्नुपर्ने अवस्था रहेको छ। तर कम्पनीले कारोबार पूरा भएको जानकारी तुरुन्तै अडियोमा दिनेगरी ई–स्पिकर सञ्चालनमा ल्याएको छ।

व्यवसायीले फोन पेको क्यूआर कोर्ड राख्न ठाउँमा ई–स्पिकर राख्न सक्छन्। पढ्न लेख्न नसक्ने साना व्यवसायीले समेत क्यूआर कोडबाट भुक्तानी हुँदा अडियोबाट जानकारी दिने भएकाले सहज हुने छ।

ई स्पिकर क्वीआरले किराना पसलसँगै, तरकारी, पानीपुरी, ठेला पसलले समेत यसको प्रयोगबाट फाइदा लिन सक्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .