ad ad

कोशी


केदार कार्कीलाई विश्वासको मत दिन्छौं, निषेधका नाममा प्रदेश कमजोर नबनाऔं : हिक्मत कार्की

केदार कार्कीलाई विश्वासको मत दिन्छौं, निषेधका नाममा प्रदेश कमजोर नबनाऔं : हिक्मत कार्की

नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:३३, काठमाडौँ

नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन्। 

पटक पटक फेरिएर विश्वासको मत माग्ने अवस्था नआओस् भनेर  संविधानको धारा १६८ को उपधारा पाँच अनुसार बनेको सरकारले केदार कार्की सरकारले कार्यकाल पूरा गरोस् भनेर विश्वासको मत दिने बताएका हुन्।

विश्वासको मत लिनेगरी बुधबार आह्वान भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले सहमति र सहकार्यका लागि नेकपा एमाले तयार भएको बताए। 

‘मुलुकका राजनीतिक दलले सहकार्य गरेर संविधान जारी गर्‍यौं। हामी मूल ध्येयमाथि प्रहार नगरौं। मिलेर अघि बढौं। एकले अर्कालाई निषेध गर्ने नाममा प्रदेशलाई कमजोर नबनाऔं,’ कार्कीले भने। 

यसअघि संविधान जारी हुँदा गरेको सहमति कोशी प्रदेशमा पनि आवश्यक रहेको उनले बताए। 

‘कांग्रेसका केदार कार्कीलाई विश्वसको मत दिन्छौं। हामी चुकेका छौं। भूगोल केन्द्रीत भएका छौं।  एमाले, हिजो आज र भोलि केन्द्रमा बनेको गठबन्धनको पक्षमा हिजो, आज र भोलि हुँदैन, छैन,’ कार्कीले भने, ‘तर सहकार्य र सहमतिको लागि एमाले तयार छ।’

साथै, उनले हलो अड्काएर गोरु पिट्ने काम नगर्न प्रदेशसभा सदस्यहरूलाई आग्रह गरे। 

‘इमान्दार बनौं, सही कुरा बोलौं। हलदो अड्काएर गोरु पिट्ने काम नगरौं,’ कार्कीले भने।

कार्कीले सामाजिक सद्भाव संकटमा परेको भन्दै यसलाई रोक्नुपर्ने बताए। 

‘सामाजिक सद्भाव भड्काउने अनेक प्रयास भइरहेका छन्। जात र धर्मका द्वन्द्व बढ्ने खतरा छ। यसलाई हेक्का राख्नुपर्छ। संविधान बनाउँदा सहमतिमा ग¥यौ। राजीनामा गर्यो भने दुरी बढ्दैन, घट्छ। अहिले निर्वाचन जनताको चाहना बनेको छैन। एमालेले मलाई सहयोग गर्छ भने म सरकार बनाउँछु,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .