ad ad

कारोबार


बैंकबाट निजी क्षेत्रमा प्रवाहित कर्जा साढे ३३ अर्बले बढ्यो

बैंकबाट निजी क्षेत्रमा प्रवाहित कर्जा साढे ३३ अर्बले बढ्यो

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०८० मंगलबार १४:२५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३३ अर्ब ६० करोडले बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको हो। 

भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत छ। 

निजी क्षेत्रतर्फ  प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले, विकास  बैंकहरुको ०.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रुपमा रहेको छ भने ६७.२ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण छ। 

आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ।  कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.२ प्रतिशतले घटेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .