ad ad

कारोबार


सर्लाहीका किसानले उखुको २९ करोड भुक्तानी पाएनन्, दसैँको मुखमा किसान निरास

सर्लाहीका किसानले उखुको २९ करोड भुक्तानी पाएनन्, दसैँको मुखमा किसान निरास

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०८० आइतबार १३:८, काठमाडौँ

सर्लाहीका किसानले उखु बेचेवापत पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम अझै पाउन सकेका छैनन्। 

उखु बेचेको सात महिना हुँदा पनि किसानले सरकारी अनुदानको रकम पाउन नसकेका हुन्।

जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको रकम अझै नपाएका हुन्।

प्रतिक्विन्टल ७० का दरले सरकारले सर्लाहीका किसानलाई २९ करोड २५ लाख ५२ हजार सात सय ४९ भुक्तानी दिन बाँकी छ। उखु बेचेको सात महिना हुँदासमेत रकम नपाएपछि किसानलाई दसैँको मुखमा समस्या भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए।

‘दसैँको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा किसान निराश भएका छन्,’ उनले भने, ‘उखु बेचेको अनुदानबापतको रकम सरकारले नदिँदा जिल्लाका उखु उत्पादन किसानलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता छ।’

सर्लाहीमा इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल सञ्चालनमा छन्। ती उद्योगलाई आर्थिक वर्ष २०७९÷८० मा १८ हजार दुई सय ८६ किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए। 

त्यसमध्ये राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदासमेत नपाएको बागमती नगरपालिका–४ का किसान केदारनाथ प्रसाईँले गुनासो गरे।

अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए। ‘कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेर किसानको खातामै रकम पठाउन सकिने छ,झ् उनले भने।

सरकारले आव २०७९÷८० मा उखुको मूल्य प्रतिक्विन्टल रछ सय १० निर्धारण गरेको थियो। त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल पाँच सय ४० भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल ७० पैयाँ सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको थियो। 

आफूहरुले पटक–पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले बताए। गत वर्ष दसैँको मुखैमा उखुको अनुदान रकम निकासा भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .