मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका चालकलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ।
बिरामीको उद्धारका लागि आज बिहान लुक्लाबाट लोबुचे गएको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा पल्टिएको हो।
सो दुर्घटनामा परी त्यसका क्याप्टेन पीके सेढाइँ अर्थात् प्रकाशकुमार सेढाइँ घाइते भएका हुन्। उनलाई उपचारका लागि काठमाडौँ ल्याइँदै छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार क्याप्टेन सेढाइँलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरिएको हो।
‘उहाँलाई फिस्टेल एयरको ९एन–एजेआर हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ ल्याइँदै छ’, उनले भने।
246
Shares
प्रतिक्रिया