कारोबार


एनआईसी एशियाका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

एनआईसी एशियाका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

नेपालखबर
माघ १४, २०७६ मंगलबार १५:५३,

एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १०/१०प्लस को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा बैंकको आफ्नै पीओएस र क्युआरमा प्रयोग गरि सामसुङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १०/१०प्लस खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम रु. ३ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ। उक्त सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणय रत्न स्थापितले आदानप्रदान गरे। यही माघ १२ गतेदेखि फाल्गुण १६ गतेसम्म लागू हुने यस योजनाबाट बैंकका ग्राहकहरुले अधिकतम लाभ लिन सक्नेछन्।

बैंकले आफ्नो रणनीति अनुसार कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतिय भुक्तानीलाई अत्याधिक प्रबर्धन गर्दै आइरहेको छ। यसै अनुरुप बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीहरुले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरि विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,०२५ भन्दा बढि मर्चेन्टहरुबाट १ प्रतिशत देखि ५० प्रततिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् जुन नेपाली बैंकिङ क्षेत्रकै उत्कृष्ट हो।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त २०५ अस्पतालहरु, ६०० होटल, रिर्सोट तथा रेस्टुराँ, ९०० रिटेल आउटलेट तथा ३२० विभिन्न सेवा तथा सामान विक्रि गर्ने स्थानहरुबाट ग्राहक महानुभावहरुले सजिलै प्राप्त गर्न सकिनेछ। जुन बैंकले आफ्नो वेवसाइटमा अध्यावधिक गरि राखेको छ।

विद्यतीय भुक्तानीलाई थप सरल बनाउनुको साथसाथै यसको पहुँच बिस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट पीओउस तथा १२,००० भन्दा बढि स्थानहरुबाट क्युआर सेवा प्रदान गर्दै आइरहेको छ जुन संख्या हाल बैंकिङ क्षेत्रकै उत्कृष्ट मध्ये पर्दछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad