ad ad

कारोबार


काठमाडौंमा चिनीको कृत्रिम अभाव, खाद्य संस्थानमा पालो आउनै गाह्रो (भिडिओ)


सरोज नेपाल
असोज २६ , काठमाडौँ

चिनीको कृत्रिम अभावका कारण बजारमा अस्वाभाविक रूपमा चिनीको मूल्यवृद्धि भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्य पसलमा भने पालो पाउनै मुस्किल छ।

‘चिनी कतै नपाएर सुपथ मूल्य पसलमा आयौँ। बिहान आएर कुपन लियौं। पालो दिउँसो ४ बजे आयो,’ सानेपाबाट चिनी लिन थापाथलीको सुपथ मूल्य पसलमा आएकी पारु डंगोल राउतले भनिन्, ‘कर्मचारी तालिम प्राप्त नभएर वा भीडले पनि भएर होला काम बिलिङ ढिला हुन्छ। व्यवस्थित बनाए राम्रो हुन्थ्यो।’

सिनामंगलबाट चिनी लिन थापाथली आएका नरबहादुर मगर घन्टौंसम्म पालो नपाएको गुनासो गर्छन्।

‘बिहान घरनजिकका दुई चार पसलमा सोध्दा चिनी नपाएपछि यहाँ ९७ रुपैयाँमा पाइन्छ भनेर आएको हुँ। ३–४ घन्टामा पनि पालो आएन,’ उनले भने।

कृत्रिम अभावले बजारमा चिनीको मूल्यप्रति किलो १ सय ८० रुपैयाँसम्म पुगेको उपभोक्ताको गुनासो छ।

बजारमा चिनीको अभाव सिर्जना भएपछि सुथप मूल्य पसलमा भीड बढेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिव्यक्ति २ किलो चिनी २१० रुपैयाँमा बिक्री गरिरहेको छ। 

असोज २६, २०८० शुक्रबार ८:१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .