ad ad

कारोबार


भायानेटको २४औँ वार्षिक उत्सव अफर : पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

भायानेटको २४औँ वार्षिक उत्सव अफर : पुराना ग्राहकको निशुल्क इन्टरनेट अपग्रेड

फाइल फोटो


नेपालखबर
असोज २५, २०८० बिहिबार १६:४, काठमाडौँ

इन्टरनेट र आइपिटिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ।

सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ।

भायानेट ले २४ औँ वार्षिक उत्सबको अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ। जसमा १२५ एमबीपीएस इन्टरनेटको ३ महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक) पर्नेछ। यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्।

यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।

त्यती मात्र होईन १ आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निस्शुल्क अपग्रेड गरेको जनाएको छ। जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एमबीपीएस इन्टरनेट छ उनीहरुको २५० एमबीपीएस अपग्रेड भएको छ, ३०० एमबीपीएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एमबीपीएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ।

भायानेटसँग प्रविधिमा सधै एक कदम अगाडि आफ्ना ग्राहकलाई सुबिधा दिने इतिहास छ। २०११ मा, हामीले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफटीटीएच) को सुरुवात गर्यौँ, जसले देशलाई उच्च(गतिको डिजिटल युगमा अघी बढ्न सहयोग गर्‍यो। २०१६ मा, भायानेटले आईपीटीभी सेवाहरू ल्याएर नेपालमा टिभी हेर्ने अनुभवमा नयाँ पन थप्यो।

ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धताले कम मुल्य मा १७५ टिभि च्यानलहरू प्रदान गर्ने भायाटिभीको सुरुवात गरेको हो। र हामी केहि समय अगाडी मात्रै नेपालको पहिलो मल्टिगिग इन्टरनेट,२ जिपिएस एक्स जि एस,एक्स्ट्रीम प्याकेज, जुन अत्याधुनिक एक्स जि एस फाइबर टेक्नोलोजीमा निर्मित छ।

भायानेट कम्युनिकेसनले नेपालमा इन्टरनेट जडानलाई पुनः परिभाषित गर्दै गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .