ad ad

राजनीति


बिरामी भएर आउने केन्द्र बनाउनुभन्दा घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : थापा

बिरामी भएर आउने केन्द्र बनाउनुभन्दा घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : थापा

नेपालखबर
असोज २५, २०८० बिहिबार १६:१२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए। उनले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर घरमै स्वास्थ्य सेवा पुर्याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताए।

६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए।

उनले भने, ‘हामीले स्वास्थ्य भनेपछि मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउँछौँ। तर घरमा स्वास्थ्यको सेवा पुग्यो भने अस्पताल आउनुपर्ने मानिस घट्छन्। घरघरमा स्वास्थ्यको सेवा दिन घरघरमा पुग्नुपर्छ। वर्षभर बाथ रोगको जनचेतना फैल्याउनु पर्छ।’

महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .