ad ad

कारोबार


नेप्सेमा २०‍.१६ अंकको गिरावट, कारोबारमा सुधार

नेप्सेमा २०‍.१६ अंकको गिरावट, कारोबारमा सुधार

नेपालखबर
असोज २५, २०८० बिहिबार १५:१७, काठमाडौँ

सेयरबजार २०‍.१६ अंकले घटेको छ। आज २०.१६ अंकले घटेको बजार १८७४.६० विन्दुमा झरेको हो।

१८९४.७६ विन्दुमा खुलेको बजार निरन्तर ओरालो लागेपछि १.०६ प्रतिशतको गिरावट आएको हो।

घटेको बजारमा २३ कम्पनीको सेयरमूल्य बढेको छ। त्यसैगरी २१० कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ४ कम्पनीको मूल्य स्थिर नै देखिएको छ।

घटेको बजारमा कारोबार रकमका सुधार आएको छ। आज नेप्सेमा १ अर्ब ७० करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ४२ करोडको कारोबार भएको थियो।  

म्युचल फण्डबाहेक सबै सूचकमा गिरावट आएको छ। बजार घट्दा समेत दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज भगवति हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेप्सेमा लक्ष्मी सनराइन बैंकका प्रमोटर सेयरमा सर्वाधिक १६ करोडको कारोबार भएको छ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख र नेपाल एसबिआई बैंकको ४ करोड १९ लाखको कारोबार भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .