ad ad

कारोबार


निजी क्षेत्रका सुझाव सम्बोधन नहुँदा अर्थतन्त्र समस्यामा : ढकाल

निजी क्षेत्रका सुझाव सम्बोधन नहुँदा अर्थतन्त्र समस्यामा : ढकाल

नेपालखबर
असोज २१, २०८० आइतबार १७:११, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले दिएको सुझाव निमायक निकायले नसुन्दा अर्थतन्त्र समस्यामा परेको बताएका छन्।

नेपाल जग्गा तथा आवास विकास महासंघको बृहत् भेलालाई सम्बोधान गर्दै  सरकारले अहिले केही प्रावधान सम्बोधन गर्न थालेको बताए।

सरकारले लिएका नीति गलत भएको रियलाइजेसन  गरेको बताउँदै अब सुधारतर्फ लागेको बताए। सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको, ऋण प्रवाहमा केही सहज बनाएको बताए।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रूपमा स्थापना गर्न पहल गर्न आग्रह गरे। घरजग्गा व्यवसायीलाई दलालको रूपमा मात्रै हेर्ने दृष्टिकोण परिवर्तन गर्न निजी क्षेत्र एक जुट हुनुपर्ने बताए।

घरजग्गा कम्पनीलाई जग्गाको हदबन्दी हटाउनु पर्ने, घरजग्गामा ८० प्रतिशतसम्म ऋण, आम्दानीको ५० प्रतिशत मात्रै दिने व्यवस्था संशोधन गर्दै  ९० प्रतिशत पुर्याउनु पर्ने बताए।

राष्ट्रिय व्यवसायी पहलका अध्यक्ष कुशकुमार जोशीले व्यवसायीलाई खुद नाफाखोरको रूपमा हेर्ने गरेको बताए।

प्रथम उपाध्यक्ष राजकुमार राईले राज्यसँग मागेर होइन लडेर लिनुपर्ने अवस्था रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .