ad ad

कारोबार


काठमाडौं उपत्यकामा कहाँकहाँ सञ्चालित छन् सुपथ मूल्यका पसल?

काठमाडौं उपत्यकामा कहाँकहाँ सञ्चालित छन् सुपथ मूल्यका पसल?

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८० आइतबार १२:५, काठमाडौँ

आजदेखि सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर देशभर सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ।

चाडपर्वको बेला नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले २१ असोजदेखि देशका ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको हो।

आजबाट सञ्चालमा आएका सुपथ मूल्यका पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा ३२ वटा बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यका पसल सञ्चालन भएका छन्। 

काठमाडौं उपत्यकामा टेकु, रामशाहपथ, थापाथली, नख्खु, सतुङ्गल, कालीमाटी, पाटन, ग्वार्को, लगनखेल, जडीबुटी, सिफल, भक्तपुरको कौशलटार, सूर्यविनायक लगायतका ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन्। 

आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सुपथ मूल्यका पसलबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो/प्रतिलिटर सात रूपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .