नेपालीहरुको महान चाडपर्व नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ। सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न सकिन्छ।
त्यसैले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उदेश्यले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि सिप्रदीले असोजको १४ गतेदेखि कार्तिक ३ गतेसम्मका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना गरेको छ।
उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारीक सर्भिस सेन्टरहरुमा एकै साथ संचालन भइरहेको छ।
उक्त क्याम्पमा सहभागी ग्राहकहरुको गाडीमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफईपी चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि निशुल्क चेकअप सुविधाहरु रहेका छन्। जसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ र यदि मर्मत तथा संभार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशतदेखि २२ प्रतिशतसम्म छुट तथा ल्यूब्रिकेन्टमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।
कम्पनीका अनुसार प्री सर्भिस बुकिङ्ग गरी आउने गाडीहरुका लागि निशुल्क सर्भिसिङ्ग चार्जको साथमा निशुल्क वासिङ्ग र ग्रिजिङ्ग को सुविधा पनि प्रदान गरेको छ। हाइवेमा ब्रेक डाउन भएमा २४ घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा पनि उपलब्ध रहनेछ र त्यसकोे साथै भाग्यशाली ३४ जना ग्राहकहरुलाई स्मार्ट घडी जित्ने सुर्वण अवसर पनि प्रदान गरेको छ।
यस अवधिभर गाेंगवू बसपार्कबाट छुट्ने बसहरुको लागि पनि विषेश चेकअप सुविधाहरुको साथमा सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ।
यस अवधिभरमा ४००० भन्दा बढी गाडीहरुको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ।
Shares
प्रतिक्रिया