समाज


अनमोल केसीलाई आजसम्म मात्रै हिरासतमा राख्न अदालतको अनुमति

अनमोल केसीलाई आजसम्म मात्रै हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
असोज १४, २०८० आइतबार १९:२०, काठमाडौँ

‘आपराधिक विश्वासघात’को आरोपमा शुक्रबार साँझ पक्राउ परेका अभिनेता अनमोल केसीलाई आइतबारसम्म मात्रै हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

अदालतले केसीविरुद्ध ३ दिन म्याद थप गर्न अनुमति दिएको हो। शुक्रबार पक्राउ परेका केसीको म्याद आज (आइतबार) नै सकिनेछ। सो अनुसार उनी आजै हिरासमुक्त हुने सम्भावना छ।

केसीलाई थप हिरासतमा राख्नुपर्ने भएमा प्रहरीले भोलि पुनः अदालत उपस्थित गराउनुपर्ने हुन्छ।

केसीलाई शुक्रबार साँझ दोलखाबाट फर्कने क्रममा प्रहरीले काभ्रेको साँगाबाट पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि केसी हिरासतमा नबसेर अस्पताल भर्ना भएका थिए। 

उनलाई आइतबार प्रहरीकै समन्वयमा अस्पतालबाट काठमाडौं जिल्ला परिसर टेकु लगिएको थियो। त्यहाँबाट म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याइएका केसीबारे जिल्ला अदालत काठमाडौंमा बहस भएको थियो।

‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad