ad ad

कारोबार


एकीकृत समाजवादीका उपमहासचिवले तिरेनन् कर्जा, सहकारीले निकाल्यो ३५ दिने सूचना

एकीकृत समाजवादीका उपमहासचिवले तिरेनन् कर्जा, सहकारीले निकाल्यो ३५ दिने सूचना

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १२:४४, काठमाडौँ

एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले कर्जा  नतिरेपछि पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले ताकेता गरेको छ। 

पटक पटक तोकता गर्दासमेत कर्जा तिर्न तयार नभएपछि सहकारीले पौडेल र उनको परिवारलाई ३५ दिने सूचना निकालेको हो। 

उक्त सहकारी संस्थाबाट लिएको कर्जाको सावाँ, व्याज लगायत अन्य रकम भुक्तानी गर्न मौखिक तथा पटक पटक लिखित खबर गर्दा पनि चासो नदेखाएको संस्थाले उल्लेख गरेको छ। त्यसपछि उनी र उनकी श्रीमतीसहितको नाममा ३५ दिने सूचना निकालिएको हो। 

उनलाई ३५ दिनभित्र संस्थाको कार्यालय कुमारीपाटीमा आएर कर्जाको सम्पूर्ण सावाँ र ब्याज भुक्तानी गर्न भनिएको छ।

यदि कर्जा भुक्तानी नगरेमा कानुन बमोजिम धितो लेखिदिएको चल अचल सम्पत्ति लिलाम बिक्री गरी वा कानुनी कारबाही अघि बढाउने पनि सहकारीले जनाएको छ। सहकारीले यदि कर्जा नतिरेमा कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने पनि उल्लेख गरेको छ। 

सहकारीले कर्जा सदस्यले प्राप्त गरेको ऋणकर्जाको सुरक्षणमा व्यक्तिगत जमानी दिने र धितो बन्धक लेखिदिनेलाई पनि ३५ दिनभित्र कर्जा भुक्तानी गर्नु गराउन भनेको छ। सहकारीले जमानीकर्ताकोसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम राखेर कारवाही गरिने सूचनामार्फत जनाएको छ।

पौडेलले कर्जा लिँदा कपिलवस्तुको तत्कालीन गुगौली गाविस–२, हाल नागार्जुन नगरपालिका–९, स्यूचाटारमा बस्ने उनकै श्रीमती रम्भा पौडेल जमानी बसेकी छन्। 

रम्भा पौडेलको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता साविकको मातातिर्थ गाविस–१ सिट नं. १ (क) को कि. नं. १६१३ को ४ आना १ पैसा जग्गा धितो राखेर उनले ऋण लिएका थिए। 

उनले श्रीमतीको नाममा काठमाडौ जिल्ला साविकको स्यूचाटार गाविसमा रहेको कित्ता नम्बर २७८१ को ३ आना २ पैसा २ दाम पनि राखेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .