यती एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगले अध्ययन प्रतिवेदनको मस्यौदा सरकारलाई बुझाएको छ। बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समक्ष अन्तिम मस्यौदा बुझाएको हो।
२०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको–एन एनसी विमान पोखरा आन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो।
आयोगले बुझाएको मस्यौदा सुझाव सहित २ महिनापछि सार्वजनिक गरिने छ।
‘अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको मापदड बमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक÷निकायलाई मस्यौदाका प्रतिवेदन प्रतिकृयाकालागि पठाइने र प्रक्रिक्रिया प्राप्त भए पश्चात सार्वजनिक गरिने,’ उड्डयन मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले भने।
114
Shares
प्रतिक्रिया