ad ad

कारोबार


आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ : मन्त्री महत

आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य छ : मन्त्री महत

नेपालखबर
भदौ ३१, २०८० आइतबार २०:५७, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन्।

आइतबार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले आर्थिक गतिविधिलाई बढाउने सरकारको लक्ष्य रहेको बताएका हुन्। उनले अर्थतन्त्रले बिस्तारै लय पक्रँदै गएको भएपनि राजस्वमा भने समस्याहरू कायमै रहेको पनि बताए। 

उनले वैदेशिक मुद्राको सञ्चिति राम्रो भएको बताउनु भयो । पर्यटकको आगमन पनि बढिरहेको उल्लेख गरे। 

‘अर्थतन्त्रले बिस्तारै लय पक्रँदै छ। यद्यपी राजश्वमा अझै समस्याहरू छ। तर वैदेशिक मुद्राको सञ्चिति राम्रो छ। त्यस्तै गरेर पर्यटकको आगमन बढीरहेको छ। आउने दिनमा अझ बढ्छ भन्ने हामीलाई विश्वास छ। त्यसले अझ ज्यादा विदेशी मुद्रा सुनिश्चित हुन्छ,’ उनले भने, छआर्थिक गतिविधिले पनि विस्तारै पिकअप गर्न थालेको छ। र आयात, निर्यातमा पनि विस्तारै परिवर्तन हुन्छ भन्ने हामीलाई विश्वास छ। विस्तारै आर्थिक गतिविधि बढ्छ। यहाँहरूले गर्ने लगानीमार्फत पनि पुँजि प्रवाह बजारमा बढेर, लगानी प्रवाह भएर त्यसले आर्थिक गतिविधि वृद्धि हुने, रोजगारी सृजना हुने। जब रोजगारी सृजना हुन्छ आम्दानी बढ्छ।’

अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बैंकहरुले ब्याज कम गर्नुपर्ने बताउँदै उनले नियमनकारी संस्थाहरुले अर्थतन्त्रको दिशालाई मध्यनजर गर्दै आफ्नो निति निर्माण गर्नुपर्ने बताए। 

‘आम्दानी बढ्यो भने त्यसपछि राजस्व बढ्छ। राजस्व बढ्यो भने हाम्रो देशको बजेट ठूलो हुन्छ। ठूलो बजेट भयो भने फेरि अरु थप लगानी गर्न सक्छौँ। यसरी अर्थतन्त्रको चक्रलाई चलायमान गर्नका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता छ। बैंकहरूले ब्याज सकेसम्म कम गरेर योगदान गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘नियमनकारी संस्थाहरूले अर्थतन्त्र अहिले कतातिर गइराखेको छ, त्यसलाई मध्यनजर राखेर आफ्नो नीति, निर्माण गर्नुपर्ने हुन्छ। सरकारले वित्त नीति तय गर्दाखेरी हाम्रो वित्त व्यवस्थालाई प्रभावकारी बनाउने, खर्च प्रणालीलाई प्रभावकारी बनाउने, चाँडो चाँडो खर्च गर्ने र त्यसबाट प्रतिफल प्राप्त गर्ने बाटोलाई सुनिश्चित गर्नुपर्ने हुन्छ।’ 

मन्त्री महतले सरकारले वित्त नीति तय गर्दा वित्त व्यवस्था र खर्च प्रणालीलाई प्रभावकारी बनाउनेगरी गर्नुपर्ने पनि बताए।

‘त्यसको लागि सरकारले बजेटमा धेरै सुधारका प्रस्तावहरू पेस गरेको छ। त्यसको लक्ष्य भनेको हाम्रो आर्थिक गतिविधि बढोस्। लगानीको वातावरण बढोस्। र पुँजि प्रवाह बजारमा होस्। आर्थिक गतिविधि बढोस् भन्ने नै हाम्रो लक्ष्य रहेको छ,’ उनले भने।

उनले सरकारले बजेटमा धेरै सुधारका प्रश्तावहरू पेश गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .