ad ad

कारोबार


चाडपर्वअघि नै ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने सरकारको निर्णय

चाडपर्वअघि नै ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने सरकारको निर्णय

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८० आइतबार १३:३१, काठमाडौँ

सरकारले आउँदै गरेका चाडपर्वलाई लक्षित गरेर ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने भएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको हो। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नजिकिएका चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्यान्न ब्यवस्थाप तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट दिएर १०/१० हजार मेट्रिक टन  चिनी आयत गर्न स्विकृत गर्ने निर्णय गरेक‍ो हो। 

सरकारले अहिले चिनीमा ३० प्रतिशत भन्सार महसुल लगाउने गरेको छ। यस्तोमा मन्त्रिपरिषद्ले  २० हजार टन चिनी आयात गर्न दुईवटा कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको हो। 

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि ६० हजार टन चिनी आयात अनुमति मागेको थियो। 

तर सरकारले नेपाली बजारमा अहिले पर्याप्त चिनी रहेकाले बजार मूल्यमा हस्तक्षेपका लागि २० हजार टन मात्रैका लागि भन्सारमा सहुलियत दिइएको जनाएको छ। 

अहिले नेपाली बजारमा चिनीको थोकमूल्य प्रतिकेजी १०५ रुपैयाँ छ। बजारमा भने चिनी ११५ देखि १२० रुपैयाँ केजीमा किनबेच भइरहेको छ। पछिल्लो समय बजार भाउ बढ्नेमा चिनी पनि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .