ad ad

कारोबार


महिन्द्रको एक्सयुभी ४०० नाडा अटो शोमा नआउने, अरु कुन मोडल हुन्छन्?

महिन्द्रको एक्सयुभी ४०० नाडा अटो शोमा नआउने, अरु कुन मोडल हुन्छन्?

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८० सोमबार १२:४४, काठमाडौँ

नाडा अटो शो २०२३ मा महिन्द्राको विद्युतीय एक्सयुभी नआउने भएको छ।

भारतमा परीक्षणकै क्रममा रहेकाले नाडा अटो शोमा उक्त गाडी नल्याउने आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले जनाएको छ। 

नाडा अटो शोमा ल्याउने बताएइ पनि उत्पादक कम्पनीले रेञ्ज र केही फिचर्समा परिवर्तन गर्न थालेपछि तत्काल नल्याउने कम्पनीले जनाएको छ। 

‘एसयुभी ४०० नाडा अटो शोमा आउँदैन,’ अग्नि इन्कर्पोरेटेडका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने,‘रेञ्ज लगायत केही समस्या देखिएकाले २०२३ को मोडल ल्याउँदैनौं।’

प्रवन्ध निर्देशक श्रेष्ठले विद्युतीय एक्सयुभी ४०० अर्को वर्ष अर्थात २०२४को मोडल ल्याउने बताए। 

‘नाडा अटो शो मा स्कपियो एन र एसयुभी ७०० अटो शोमा राखिन्छ,’ उनले भने। 

नाडा अटो शोले बजारलाई केही चलायमान बनाए पनि आर्थिक गतिविधि नभएकाले कारोबार बढ्ने अपेक्षा कम रहेको श्रेष्ठले बताए। 

‘पहिला नाडा अटो शोअघि नै शोरुममा चहलपहल बढ्थ्यो,’ उनी भन्छन्,‘अहिले चहलपहल नै छैन। व्यापार कस्तो होला?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .