ad ad

कारोबार


पुँजीपति खोजेर अर्बौं लगानी गर्ने बैंकले गरिबलाई ऋण दिन मान्दैनन् : ओली

पुँजीपति खोजेर अर्बौं लगानी गर्ने बैंकले गरिबलाई ऋण दिन मान्दैनन् : ओली

फाइल फोटो


नेपालखबर
भदौ २४, २०८० आइतबार १६:२५, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बाैं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाई थियो। उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पारे।

पार्टीको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आइतवार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए। सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उनले बताए।

ओलीले भने, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उसकहाँ बैंकको ऋण पुग्दैपुग्दैन। जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ। ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन। ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ। ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नु पर्छ। त्यसकारण ठूलाका लागि पनि आवश्यक छ।’

उनले थपे, ‘तर त्यहाँ मात्रै होइन। गरिवका, जहाँ सिड मनि छैन। जहाँ व्यवसाय शुरु गर्नका लागि केही छैन। हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ। त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ। त्यसबाट मुनाफा हुँदैन।’

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्याम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .