ad ad

ग्लोबल


एयर चाइनाको जहाजको इन्जिनमा आगो लागेपछि...

एयर चाइनाको जहाजको इन्जिनमा आगो लागेपछि...

नेपालखबर
भदौ २४, २०८० आइतबार १६:२८, काठमाडौँ

एयर चाइनाको एउटा जहाजको इन्जिनमा आगो लागेपछि सिंगापुरमा अवतरण गराइएको छ। 

सिंगापुरक चांगी विमानस्थल अधिकारीहरुका अनुसार एयर चाइनाको उडान ४०३ को अगाडिको कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखिएपछि सिंगापुरमा उतारिएको हो। 

विमानमा आगो लागेपछि सबै यात्रु र चालक दलका सदस्यहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। दमकलको प्रयोग गरेर इन्जिनमा लागेको आगो पनि नियन्त्रणमा लिइएको छ।

चीनको चेङ्गदुबाट उडेको यो जहाज सिंगापुरमा स्थानीय समयअनुसार अपरान्ह सवा ४ बजे अवतरण भएको हो। 

सिंगापुर चांगी विमानस्थलमा अवतरण गरेको जहाजको इन्जिनमा ठूलो आगो देखिएपछि रनवे ३ अस्थायी रूपमा बन्द गरिएको छ। 

यसैबीच द स्ट्रेट्स टाइम्सले सिचुआन प्रान्तको चेङ्गदुबाट उडेको एयर चाइनाको जहाजको बायाँ इन्जिनमा आगो लागेपछि आइतबार अपरान्ह सिंगापुरमा आपातकालीन अवतरण गराइएको हो। 

विमानस्थलको एक फेसबुक पोस्टमा सीए४०३ उडानलाई चांगीतर्फ आउने क्रममा अगाडिको कार्गो होल्ड र शौचालयमा धुवाँको सामना गर्नुपरेको हो। 

बिहान ११ बजेर ५ मिनेटम तियानफु अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भरेको विमान साँझ ४ बजेर १५ मिनेटमा  रनवे ३ मा उत्रिएको हो। 

अहिले एयर चाइना र चांगी एयरपोर्ट ग्रुप यात्री र चालक दललाई सहयोग गरिरहेका छन्। यात्रुहरुलाई पछिल्लो अवस्थाबारे थाहा पाउन चांगी विमानस्थलको वेबसाइट या मोबाइल एप हेर्न भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .