ad ad

कारोबार


सेजन महासचिवमा विश्वास रेग्मी निर्विरोध, अध्यक्षमा तीन जनाको उम्मेदवारी

सेजन महासचिवमा विश्वास रेग्मी निर्विरोध, अध्यक्षमा तीन जनाको उम्मेदवारी

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १७:४५, काठमाडौँ

नेपाल आर्थिक पत्रकार समाज (सेजन) महासचिवमा गोरखापत्रमा कार्यरत विश्वास रेग्मी निविरोध निर्वाचित भएका छन्। रेग्मीको मात्रै एकल उम्मेदवारी परेको सेजनले जनाएको छ। 

सेजनको निर्वाचन शनिवारलाई तोकिएको छ। 

सेजन कार्यसमितिमा १० पदको लागि १८ जनाको उम्मेदवारी परेको छ। 

अध्यक्षमा शिरोमणी ढुंगाना, सरस्वती ढकाल र सुजन ओलीको उम्मेदवारी परेको छ। 

उपाध्यक्षमा विनय बञ्जरा र भागवत भट्टराई  उम्मेदवारी छ। सचिवमा सोभित थपलिया, रञ्जु काफ्ले, मुना कुँवरको उम्मेदवारी परेको छ। 

कोषाध्यक्षमा भने अच्युत पुरी र कमला अर्यालले उम्मेदवारी छ।

सदस्यहरुमा पवन तिमिल्सिना, केशु लामिछाने, हेमन्त जोशी, बसन्तराज उप्रेती, ममता थापा, कौशिला कुँवर र छविलाल सापकोटाको उम्मेदवारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .