ad ad

कारोबार


संरचनागत सुधार नगरे मुलुकमा वैदेशिक लगानी आउँदैन : पूर्वअर्थमन्त्री शर्मा

संरचनागत सुधार नगरे मुलुकमा वैदेशिक लगानी आउँदैन : पूर्वअर्थमन्त्री शर्मा

नेपालखबर
भदौ १४, २०८० बिहिबार १७:३४, काठमाडौँ

पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। नेपालमा लगानीका प्रशस्त सम्भावना भएपनि लगानीका सम्भावनाहरुलाई परिचालन गर्न नसकेको बताए। उनले नेपालमा आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको बताए।

शर्माले सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताको आधारमा काम गर्न नसकेको बताए। उनले मुलुकको संरचनागत सुधार आजको आवश्यकता भएको दाबी गरे।

उनले भने, ‘नेपालमा लगानीका प्रस्शत सम्भावना छन्। तर लगानीका सम्भावनाहरुलाई परिचालन गर्न सकिरहेका छैनौं। आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको छ। प्राप्त मात्रामा छैन। सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास गरिरहेको छैन। सरकारका संरचनाहरु छन्। तर आवश्यकताको आधारमा काम हुन सकेको छैन। त्यसको प्रतिफल मुलुकले लिन सकेको छैन। मुलुकको संरचनागत सुधार आजको आवश्यकता हो। अब सरकारले संरचनागत सुधार नगरी नेपालमा सजिलै वैदेशिक लगानी आउन सक्दैन।’

पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत,चीन,अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताए। उनले वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले वैदेशिक लगानी ल्याउँदा पनि नेपाल सरकारलाई चुनौतिहरु रहेको बताए। नेपालको अर्थकुटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको शर्माको भनाई छ। उनले वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिने गरेको बताए।

शर्माले सरकारले आर्थिक रुपमा समृद्धि ल्याउनको लागि संरचनागत सुधार र स्थिर राजनीतिक आवश्यक रहेको बताए। उनले अस्थिर राजनीतिक भएसम्म आर्थिक वृद्धि हुन नसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .