ad ad

कारोबार


घरजग्गा व्यवसायी र नेपाल बैंकर्स संघबीच अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल

घरजग्गा व्यवसायी र नेपाल बैंकर्स संघबीच अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल

नेपालखबर
भदौ ७, २०८० बिहिबार १६:१०, काठमाडौँ

नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैंकर्स संघका पदाधिकारीहरुका बीच घरजग्गा कारोबारलाई प्रबर्द्धन गरी अर्थतन्त्र चलायमान गर्ने विषयमा छलफल भएको छ।  

धितो र कर्जाको अनुपात, जग्गा तथा घरको बजार मूल्य निर्धारणका सूत्रहरु, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दाको प्रिमियम, डिपोजिटको ब्याजदर र जग्गाको हदबन्दी गरी मुख्यत ५ वटा विषयमा छलफल भएको हो।

महासंघ अध्यक्ष भेषराज लोहनीले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्याउनुपर्ने, घरजग्गा बजार मूल्यमा एकरुपता कायम गर्न त्यस्तो मूल्य निर्धारण गर्ने सूत्र एउटै हुनुपर्ने, घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा तोकिने प्रिमियम दर कम हुनुपर्ने बताएका छन्।

डिपोजिटको ब्याजदर तोक्दा बैंकहरुबीच प्रतिष्पर्धा नगरी बैंकहरुबीच भद्र सहमति गरेर ब्याजदर तोकिनुपर्ने, मान्यताप्राप्त घरजग्गा व्यवसायका हकमा हदबन्दी छुट हुनुपर्ने लगायतका धारणा राखे।

महासंघको धारणालाई सकारात्मकरुपमा लिँदै बैंकर्स एशोसियसनका अध्यक्ष सुनिल के।सी। तथा अन्य पदाधिकारीहरुले यसबारे थप अध्ययन गरी महासंघ र संघले संयुक्तरुपमा पहल गरी घरजग्गाको कारोबारलाई प्रबर्धन गरी मुलुकको अर्थतन्त्रलाई चलायमान गर्नमा योगदान गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .