ad ad

कारोबार


प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा लोडसेडिङ हटायौँ, अब जनतालाई सेयर दिन्छौँ : कुलमान घिसिङ (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा लोडसेडिङ हटायौँ, अब जनतालाई सेयर दिन्छौँ : कुलमान घिसिङ (सम्बोधनको पूर्णपाठ)

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ। तस्बिर : सरोज बैजु


नेपालखबर
भदौ १, २०८० शुक्रबार १५:४५, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सात वर्षअघिको कहाली लाग्दो लोडसेडिङको अवस्थाबाट अहिले बिजुली विदेश बेच्ने बिन्दुमा देश पुगेको बताएका छन्।

काठमाडौंमा शुक्रबार आयोजित प्राधिकरणको वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा उनले वर्षात्मा पनि ६ देखि ८ घण्टाको लोडसेडिङ नेपाली जनताले व्यहोरेको स्मरण गराए।

‘हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ प्रक्षेपण गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेको अवस्थामा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारको स्पष्ट निर्देशन र बलियो साथ पाएको विद्युत प्राधिकरणले २०७३ कात्तिकबाट राजधानी काठमाडौं उपत्यकासहित प्रमुख सहरबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो’, उनले भने। 

त्यसपछि औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य गरी २०७५ वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गरिएको पनि स्मरण गराए। 
सरकारले प्राधिकरणको आर्थिक वर्ष २०६७/६८ सम्मको २७ अर्ब १९ करोड रुपैयाँ संचित घाटालाई अपलेखन गरिदिएपछि पनि घाटामा जाने क्रम नरोकिएको उनले बताए।

‘घाटा अपलेखन गरिएको पाँचौ वर्ष अर्थात आर्थिक वर्ष २०७२/७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड र  संचित नोक्सानी फेरि बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो’, उनले भनेका छन्, ‘आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेर नाफाको गौरवमय इतिहास सुरु गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर नाफामा छ। गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपैर्या नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ।’  

उनले अब सर्वसाधारणलाई समेत शेयर जारी गर्ने गरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनर्संरचना प्रस्ताव स्वीकृतिका लागि सरकारसमक्ष पेश गरिएको बताए।

‘प्राधिकरणको प्राथमिक सेयर सर्बसाधारणलाई निश्कासन गरी संकलन भएको रकम मुख्य रुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने छ’, उनले भने, ‘प्राधिकरणको सम्पूर्ण सम्पत्तिको वास्तविक मूल्याङ्कन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था ईक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ। संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको छ।’

सम्बोधनको पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .