ad ad

राजनीति


प्रदेश स्थापना दिवसको अवसरमा भदौ ४ गते कर्णालीमा सार्वजनिक बिदा

प्रदेश स्थापना दिवसको अवसरमा भदौ ४ गते कर्णालीमा सार्वजनिक बिदा

नेपालखबर
भदौ १, २०८० शुक्रबार १५:५२, काठमाडौँ

कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवस र साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक बिदा दिइने भएको हो। 

कर्णाली प्रदेश सरकारले गत वर्षको चैत्र २९ गते नै प्रदेश स्थापना तथा सहिद दिवस र नाग पञ्चमीको दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन्। 

मन्त्रालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै भदौ ४ गते सोमबार कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय भएको जानकारी गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .