सरकारले वन नियमावलीमा पहिलो संशोधन गरेको छ। वन पैदावरबाट बनेका तयारी मालवस्तु निकासी गर्दा डिभिजनल वन अधिकृतको सिफारिस आवश्यक नपर्ने व्यवस्था थप गरेको हो।
वन वन्यजन्तु, वनस्पति, जैविक विविधताको सुरक्षाकालागि वन क्षेत्रभित्र सुरक्षाकर्मी बस्ने वा वन कार्यालयको निमित्त आवश्यक पर्ने स्थायी प्रकृतिको भवन निर्माण गर्नुपर्ने भएका मन्त्रालयको स्वीकृती लिई निर्माण गर्न सक्ने व्यवस्था थप गरेको छ।
त्यस्तै काठको मुल्यमा संसोधन गरेको छ।
नियमावली अनुसार एक घनफिटको सागवन (टिक)को मुल्य १७०, साल र चाँपको २५०, सिसौं २००, खोटे सल्ला १२५, असना, कर्मा र जामुनको १५०, कालो र रातो सिरिज, टुनी, गोब्रे सल्ला, गम्हारी, उत्तिस, पाटे सल्लाको १०० रुपैयाँ तोकेको छ।
मसलाको ६० रुपैयाँ तोकेको छ।
561
Shares
प्रतिक्रिया