शोधानान्तर स्थिति थप मजबुत बन्दै गएको छ। नेपालबाट बाहिरिने र नेपाल भित्रिने रकम मूल्याङ्कनमा २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ बचतमा देखिएको हो।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। जस अनुसार अघिल्ले वर्षको तुलनामा शोधानान्तर स्थिति बचतमा अझै सुधार आएको हो।
अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ।
चालू खाता भने घाटामा रहेको राष्ट्र बैंकले बताएको छ। आर्थिक वर्ष २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ।
अघिल्लो वर्ष चालु खाता रु ६२३ अर्ब ३८ करोडले घाटामा रहेको थियो।
18
Shares
प्रतिक्रिया