प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहमा शुक्रबार बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाइने बताए।
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेगा प्रोजेक्ट’ अगाडि बढाउने सपना देखेको उल्लेख गर्दै त्यही सपनाका रुपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताए।
उनले उक्त आयोजनाको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडि बढाइएको बताए।
त्यसैगरी १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडि बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताए।
प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत खपतको वृद्धि गर्दै र विद्युत निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताए।
‘आगामी दिनमा १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८ सय मेघावाट क्षमताको चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरुको निर्माण अघि बढाउने सोच र योजनाका साथ सरकार अघि बढिरहेको अवस्था तपाईंहरुसँग राख्न पाउँदा मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ’, उनले भने, ‘मैले पहिलो पटक प्रधानमन्त्री हुँदा कुनै मेगा प्रोजेक्ट अगाडि बढाउने सपना देखेको थिएँ। त्यसमध्येको कर्णाली चिसापानी १० हजार भन्दा बढी मेगावाटको सपना थियो। प्राधिकरणसँग कुरा गरेर त्यसको ठोस अध्ययन अगाडि बढाउँदै छौँ।’
Shares

प्रतिक्रिया