सिम्रिक एयर प्रा.लिले ५५ लाख बक्यौता भुक्तानी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान मै प्रतिवन्ध लगाएपछि असार ३१ सम्मकै बक्यौता तिरेको हो।
प्राधिकरणले उडान अनुमति नदिदाँ सिम्रिक एयरका उडान रोकिएका थिए। आइतबार सबै रकम भुक्तान गरेको छ।
‘सिम्रिक एयर प्रा.लिको २०८० असार ३१ सम्म ५५ लाख १२ हजार बक्यौता रहेकोमा साउन २८ गते सम्पूर्ण रकम चुक्ता गरेको छ,’ नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
यससँगै अब सिम्रिकले उडान नियमित गर्न पाउने भएको छ।
42
Shares
प्रतिक्रिया